जर्मन चान्सलर समारोहमै किन काँपिन् ?

एजेन्सी। जर्मन चान्सलर एङ्जेला मर्केल बिहीबार बर्लिनमा आयोजित एक समारोहमा सहभागी हुँदा काँपेकी छन्। चान्सलर मर्केल जर्मन नवनियुक्त रक्षामन्त्री क्रिस्टिन ल्याम्ब्रेचको सपथग्रहण समारोहमा उपस्थित थिइन्। राष्ट्रपति फ्राङ्क–वाल्टर स्टिनमेयरले ती नयाँ मन्त्रीलाई सपथ खुवाएका थिए।

मर्केलमा आठ वर्षअघि पनि यस्तै समस्या देखिएको बिबिसीले जनाएको छ। भिडियो फुजेटमा ६४ वर्षीया मर्केलले आफ्नो शरीर काँप्न सुरु भएपछि हात बाँधेको देखिन्छ।

करिब दुई मिनेटमा सम्हालिएपछि उनले नवनियुक्त न्यायमन्त्रीसँग हात मिलाएकी थिइन्। काँप्न सुरु भएपछि उनलाई एक गिलास पानी दिइएको थियो तर उनले पिइनन्।

मर्केलले अघिल्लो पटक त्यस्तै घटना हुँदा जलवियोजन अर्थात् ‘डिहाइड्रेसन’ कारक भएको बताएकी थिइन्। प्रवक्ताले उनी ठीक भएको र योजनाअनुसार नै जी–२० शिखर सम्मेलनका लागि जापानतर्फ उड्न लागेको जानकारी दिए।

‘उहाँ निर्धारित योजना अनुसार नै अघि बढ्नु हुनेछ, चान्सलर स्वस्थ हुनुहुन्छ,’ प्रवक्ताले भने। आठ वर्षअघि घाममा युक्रेनका तत्कालीन राष्ट्रपति भोलोडिम्यर जेलेन्स्कीसँग उभिँदा काँपेकी थिइन्। उनले त्यतिबेला पानी पिएपछि सम्हालिएको बताएकी थिइन्।