
एजेन्सी। तीन वर्षकी छोरीको हत्या गरेको आरोपमा बुधबार डलास अदालतले भारतवंशी वेस्ले मैथ्युजलाई जन्मकैदको सजाय सुनाएको छ ।
काखमा रहेकी ३ वर्षकी छोरीको हत्या गरेको अभियोगमा वेस्ले मैथ्युजलाई जन्मकैदको सजाय सुनाइएको हो । अदालतका अनुसार उनको मृत्यु नभएसम्मम जेलमै रहने छन्।
उनीसँगै उनको पत्नीलाई पनि पक्राउ गरिएको थियो । तर, अनुसन्धानका क्रममा उनको संलग्नता नरहेको देखिएपछि उनलाई छाडिएको प्रहरीले जनाएको छ ।
सोमबार अमेरिकाको टेक्सास राज्य प्रशासनले मैथ्यूजलाई छोरीको हत्या गरेको आरोपमा दोषि ठहर गरेको थियो । मैथ्यूजले ३० वर्ष जलमै बस्नु पर्नेछ त्यसपछि पैरोल दिन सक्छ ।
अमेरिकामा रहरहे केरल निवासी मैथ्यूज र उनकी पत्नी सीनीले सन् २०१६ मा शेरिनको बिहारको मदर टेरेसा अनाथ सेवा आश्रमबाट शेरिनलाई गोद लिएका थिए ।
पुलिसका अनुसार वेस्ले ७ अक्टूबर २०१७ मा राती दूध नखाएको निहुमा शेरिनलाई घरबाट निकालि दिएका थिए । १५ दिनपछि शेरिनको शव डलासको उपनगर रिचड्र्सनमा एक पुलिसले फेला परेका थिए । पोस्टमार्टम रिपोर्टमा निधनको कारण हिंसा देखिएको छ । डलास काउण्टी कोर्टमा उजुरी दर्ता गरिएको छ ।
३९ वर्षीय वेस्ले प्रहरीको समक्ष आफ्नो बयान फेरेका छन् । बच्चालाई जबरजस्ती दूध खुवाइएको थियो जसका कारण बच्चाको शास रोकिएको कारण मृत्यु भयो । यसपछि वेस्ले डरायर बच्चाको शव एक ब्यागमा राखेर घर नजिकैको पुलमा फ्याकिदिएका थिए । तर, अदालतले यस बयानलाई झुठो भनेको छ । दूध खादा शास रोकेर मृत्यु हुनै नसक्ने अदालले जनाएको छ ।
शेरिनको शव फेला परेपछि प्रहरीले वेस्ले र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो ।