दोस्रो तल्लाबाट लडेकी बच्चीलाई बचाउन भगवान बनेर आए यी युवक (भिडियो)

एजेन्सी। टर्कीको इस्तानबुलमा एक युवकले दोस्रो तल्लाबाट लडेकी बच्चीलाई च्याप्प समातेर जोगाएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

सडकमा उभिरहेका १७ वर्षीय युवकले दुई सेकेन्डभित्र जोगाएका हुन् ।

फ्युजी जबात नामक युवकले बच्ची लड्न आँटेको देखेपछि उनलाई बचाउन फूटपाथमा उभिएको देखिन्छ । उनले फुर्ती देखाएर बच्चीलाई समातेका छन् । समयमै बच्चीलाई नसमातेको भए ठूलै दुर्घटना हुने सम्भावना थियो ।

जबात अल्जेरियाली प्रवासी भएको बताइएको छ । उनको बहादुरीलाई मानिसहरूले प्रशंसा गरिरहेका छन् ।

बच्चीकी आमा खाना पकाउन व्यस्त हुँदा बच्ची झ्यालबाट लडेकी थिइन् ।