ट्रम्पले यसरि गरे स्पेनी प्रधानमन्त्रीको अपमान (भिडियो)

एजेन्सी। जापानमा जी२० शिखर सम्मेलनमा भाग लिन गएका स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजलाई अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले अपमान गरेका छन् । ओसाकामा जी२० को एक सत्रमा ट्रम्पले सान्चेजलाई बोल्नै नदिई सीटतिर जाने इशारा गरेका छन् ।

सामान्य अभिवादनपछि ट्रम्पले सान्चेजलाई सीटमा बस्न औंलाले देखाए अनि ठमठम आफ्नै सीटतिर गए । सान्चेजले ट्रम्पको निर्देशन माने अनि खिस्स हाँस्दै सीटमा बसे । ट्रम्पलाई कुरा गर्ने बेला यो होइन भन्ने लाग्यो होला वा अरू नेता र तिनका सहायकहरू हिँडिरहेको बेलामा बाटो छेक्नु ठीक नलागेको होला तर उनको यो हाउभाउलाई स्पेनमा अपमानजनक रूपमा लिइयो ।

स्पेनको सबभन्दा ठूलो दैनिक पत्रिकामध्ये एक एल पाइले यो अपमानजनक भएको लेख्यो अनि एल पिरियोडिकोले घिनलाग्दो भनी वर्णन गर्‍यो । अघिल्लो वर्षको जुलाई महिनामा ट्रम्पले सान्चेजको अनुहारमा यसो मात्र हेरेको र जबर्जस्ती अभिवादन फर्काएको स्मरण डियारियो पेट्रिओटाले गर्‍यो ।

भिडियो हेर्नुहोस: