
सिन्धुली। दुधौली नगरपालिका वडा नं. ३ को निपाने कालापानीकी ४४ वर्षिय डस्नी कुमरलाई श्रीमानले छिमेकी देउरानी नाता पर्ने महिलाको सहयोगमा कुटपीट तथा यौन दुव्र्यवहार गरे । उनलाई २०७६ बैशाख ३० गते श्रीमान ५० वर्षिय सञ्चा कुमँरले छिमेकी २७ वर्षिय बेलवति कुमँरको सहयोगमा श्रीमतिमाथि कुटपीट तथा दुव्र्यवहार गरि घाईते नै बनाए।
मदिरा सेवन गरि घरमा आएर श्रीमति डस्नीलाई भुँईमा लडाई छातिमाथि चढि लात्ति र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार यौनीमा कोचिदिएपछि मेलमिलापकर्ता र जनप्रतिनिधिहरुको सहयोगमा उनलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइयो । ‘उनलाई श्रीमानले विगत २, ३ वर्षदेखि अर्की श्रीमति ल्याउँछु, तँ बुढी भईस भन्दै कुटपीट गर्दै आएको’ पीडित डस्नीको भनाई छ । जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता त भयो तर छोरा लगाएतको दवावमा उनले मेलमिलाप गर्नुप-यो।
मदिरा सेवन गरि घरमा आएर श्रीमति डस्नीलाई भुँईमा लडाई छातिमाथि चढि लात्ति र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार यौनीमा कोचिदिएपछि मेलमिलापकर्ता र जनप्रतिनिधिहरुको सहयोगमा उनलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइयो।
यस्तै मरिण गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष ३२ वर्षिय धन बहादुर स्याङतान विरुद्ध उनकी श्रीमति ४३ वर्षिय सर्मिलामाया स्याङतानले आफुलाई मानसिक तथा आर्थिक हिंसा गरेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्रमा २०७५ चैत ४ गते उजुरी दिइन । विगत ६ वर्षदेखि डर, त्रास देखाउने, गालीगलौज गर्ने गरेको, खानलाउन नदिएको, बोलचाल समेत नगर्ने गरेको र घरयासी खर्च समेत नदिएको भन्दै उनले उजुरी दिएकी थिइन । उनीहरुबीच पारिवारीक बेमेल भएपछि विगत ६ महिनादेखि बेग्लाबेग्लै भान्सामा खाना खाँदै आएका थिए । पीडितले उजुरी दिएपछि २०७५ चैत ४ गते केन्द्रले वडाअध्यक्षलाई कार्यालयमा बोलाई दुवै पक्षलाई राखी छलफल गराई श्रीमान श्रीमतिसँगै बस्ने, घर व्यवहार मिलेर गर्ने र आपसमा मिलेर बस्ने गरि मिलापत्र गराएर पठायो।
यी घटना प्रतिनिधि घटना हुन । पछिल्लो तीन वर्षमा यस्ता घटनाहरु धेरै भएका छन । करीव ३ वर्षमा यसरी परिवार तथा श्रीमानका कारण पीडित हुने महिलाको संख्या १७० पुगेको तथ्यांक प्रहरीसँग छ। पुरा पढ्नका लागि यहाँ जानुहोस…