१४ वर्षमा दुबै मृगौला फेल भएकी कौसिका ठकुरीले ल्याइन् एसईईमा ए ग्रेड (भिडियो)

काठमाडौं। दुबै मृगौला फेल भएर बिचमै पढाई छाडेकी दोलाखा लदुककी कौशिका ठकुरीले एसईई मा ए ग्रेड ल्याएकी छिन । १४ वर्षको उमेरमा कक्षा ८ मा अध्यन गर्दा अचानक बिरामी परेकी कौशिकालाई अस्पताल लैजादा परिक्षण पछि दुबै मृगौला फेल भएको पाइयो । महँगो डाइलासिसले उनको बुबा जयराम ठकुरीले भएको सम्पती सबै सकेर उनको लागि सडकमा माइकिङ गरेर सहयोग रकम माग्न थालियो ।

ठकुरी सहयोग सन्जालले विस्वभरीबाट सहयोग रकम जुटाएर उनको बुवाको एक मृगौला उनमा प्रत्यारोपण गरिदियो ।
उपचार पश्चात उनलाई कक्षा १२ सम्म पढाउने जिम्मा ठकुरी सहयोग संजालको कलम नामक शैक्षिक परियोजनाले लियो र जुन परियोजना मार्फत ठकुरी सहयोग संजालका सल्लाहकार नरेश सेनले कौशिका सम्पुर्ण पढाई खर्च एक्लै बेहोर्ने निर्णय गरे । सबैको सहयोयोगको ईज्जत राख्दै आज कौशिकाले एसईईमा ए ग्रेड ल्याएर सफलता प्राप्त गरिन । अब उनले वकिल बन्ने उदेश्यका साथ उच्च शिक्षा अध्यन गर्ने भएकी छिन।

भिडियो हेर्नुहोस: