
काठमाडौं। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको मौसमम्बन्धी विवरण सार्वजनिक गरेको छ ।
महाशाखाको उक्त जानकारी अनुसार आज दिउसो देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि तथा पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि हुनेछ ।
यसैगरी पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
शनिबार राति भने देशभर सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।
पुर्वका एक दुइ स्थानमा भारि बर्षा हुने सम्भावना रहेको महाशाले जनाएको छ।