
काठमाडौं। हुनत सञ्जय बन्जराको जन्म हिन्दु धर्मावलम्बीको घरमा भयो । उनको पालनपोषण, पढाई लेखाई सबै हिन्दुले नै गरे । उनी बीराटनगरमा जन्मिएका थिए । उनी बीराटनगरमा हुर्किएर भविष्य खोज्न काठमाण्डौ उक्लिए ।
काठमाण्डौको ठमेलको उनको बसोबास थियो । त्यही मठेलमा बस्दाबस्दै उनी इस्लाम धर्म मान्न थाले । अहिले उनी पुर्णरुपमा मुस्लिम भएका छन् । उनको पहिचान फेरिएको छैन तर उनको समाज सस्कृति सबै फेरिएको छ । उनी यसैमा खुसी छन् ।
बीराटनगरबाट काठमाण्डौ आएर भविष्य खोजीरहेका सञ्जयले नुवाकोटको त्रिशुलीमा हुर्किएरकी मेहरिन बानुलाई बिहे गरे । बिहेपछि मेहरिनको नाम पछाडी बञ्जरा पनि थपियो । अहिले मेहरिनले आफुलाई चिनाउन पर्दा नाम नाम पछाडी जोडिएको बञ्जरा पछि उल्लेख गर्ने गरेकी छन् । उनी दम्पतीसँग हामीले कुराकानी गरेका छौ ।