भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही नीति लिएको सरकारको दाबी

काठमाडौं। सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको दाबी गरेको छ। सरकारका नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले भ्रष्टाचारविरुद्धको कारबाहीलाई तीव्रता दिएको दाबी गरेकी हुन्।

कोरोनाको महामारीमा पनि औ’ष’धिजस्ता अत्यावश्यक सामग्रीमा पनि व्यापक अनियमितता भएको र सत्ता र शक्तिको दुरुपयोग गरी सरकारको आलोचना भइरहेका बेला सरकारको यस्तो दाबी आएको हो।

भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही भएको र यस्ता विषयमा शून्य सहनशीलताको नीति लिएको सरकारको दाबी आएको हो।