लकडाउनमा बाहिर ताल्चा ठोकेर कोठा भित्र यस्तो धन्दा, प्रहरी पुगेपछि भागाभाग (भिडियो)

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १० मा प्रहरीले त्यहाँका केही होटल र तास खेलाउने अड्डामा छापा मा रेको छ । केही कोठा र होटलमा अनैतिक काम पनि भइरहेको भन्ने सूचना पाएको प्रहरीले छापा मा रेर केहीलाई बाहिर निकालेको छ।

प्रहरी प्रभाव गुम्बाका प्हर,ि टोलीका स्थानियबासीन्दा मिलेर गरेको अनुगमनका क्रममा होटलका कोठामा भिडभाड देखिएको हो । प्रहरीले केहीवेर देखि ढोका खोल्न भनेर ढकढक गर्दा समेत उनीहरुले ढोका खोलेनन् । जव ढोका खुल्यो अनि कोठाभरी मानिस थिए । एउटा महिलाको कोठामा एक पुरुष पनि फेला परेपछि प्रहरीले जवरजस्ती वाहिर निकालेको छ । एउटा कोठामा तास खेलेका मासिन फेला परेका थिए।

प्रहरीले बाहिर निस्कन आग्रह गर्दा उनीहरु मानिरहेका थिएनन् । प्रहरी र स्थानिय जनप्रनिधि तारकेश्वर नगरपालिकामा पुग्दा सडकमा पनि लकडाउन उ ल्लं घन गर्दै मासिनहरुको चलह पहल देखिएको थियो । त्यस्तै प्रहरी र जनप्रतिनिधिहरुको टोलीले टोखाको पनि अनुगमन गरेको छ । लकडाउनको ५२ औँ दिनको दिनमा भित्रभित्रै लकडाउन उ ल्लं घन गरेर अ नै तिक काम भइरहेको जानकारी पाएपछि अनुगमनमा गएको टोलीले यस्तो अवस्था फेला पारेको हो।

हरेक स्थानका होटलमा बाहिर ताला लगाएर भित्र तु म्बा खाँदै बसेको फेला परेपछि प्रहरीले लाचारी ब्यक्त गरेको थियो । तारकेश्वर नगरपालिका १० का अधिकाँश होटलहरु बाहिरवाट ताला लगाएर भित्र खाँदै बसेको फेला परेको हो । स्थानिय बासीन्दाले ति होटलमा अनैतिक काम पनि हुने गरेको बताएका छन् । प्रहरीले पहिलो पटक भनेर चेतावनी दिएर छोडिदिएको छ भने आगामी दिनमा पनि फेरी यस्तै फेला परे का र वा ही गर्ने बताएको छ।

वडाध्यक्षले हात जोडेर भने, कृपया यसरी कोरोना फैलाउने काम नगनुृहोला । कोरोना फैलन नदिन सरकारले लामो समय देखि लकडाउनको घोषणा गरेको छ । तर भित्रभित्रै भइरहेको यस्तो जमघट र कृयाकलापले कोरोनाको जोखिम थप बढाएको छ । एक अर्काको कोठामा अनावश्यक जाने, बाहिर ताला लगाएर भित्र अनैतिक काम गर्ने जस्ता कृयाकलाप भएपछि प्रहरी र जनप्रतिनिधिले चासो देखाएका हुन्।