भुक्तभोगी भन्छन्: मलेसियाको रोजगारी नखुलेकै जाती

क्वालालम्पुर। मलेसिया म्यानपावर व्यावसायीहरुको अडानले मलेसियाको रोजगारी खुल्नु पर्ने माग गरिरहेका वेला मलेसियामा रोजगारी गरेर फर्किएका नेपाली भने श्रम मैत्री व्यावस्था नहुन्जेल मलेसियाको रोजगारी नहुने वताउने गरेका छन् । मलेसियामा ५ वर्ष रोजगारी गरेर फर्किएका भोजपुरका वावुराम शर्माका अनुुसार मलेसियाले आप्रवासी श्रमीकलाई गर्ने व्यावहार परिर्वतन नहुन्जेल त्यहा नेपाली श्रमीक पठाउन नहुने वताउछन् । उनी भन्छन् ‘यस्तै अवस्थामा नेपाली श्रमीक मलेसिया पठाउनु भनेको त्यहाका लुटेराको फन्दामा पार्न पठाउनु हो ।’मलेसिया पुगेका धेरै नेपाली लुटेरा समुह वाट प्रताडित छन् । कम्पनीमा काम गर्दा देखी होस्टलमै आएर लुटेराले लुटने गरेको अनुभव छ चितवनका सुदिप न्युउरेको ।

होस्टलमा आएर लुटेराले सवै नेपाली श्रमीकलाई वाधेर लुटेको उनी वताउछन् । त्यसो त वाटोमा हिडदै गर्दा पनि लुटिने गरेको वताउछन् तनहुका शन्त गुरुङ्ग । गुरुङ्ग आफै पनि भुक्त भोगी भएको वताउछन् । उनका अनुसार मलेसियाको रोजगारी खोल्नु अघि नेपाली श्रमीकका समस्या हल नगरी खोल्नु वेकार भएको वताउछन् । श्रमसम्झौता लाई पुर्ण पालन नगर्ने मलेसियाका कम्पनीलाई कालो सुचीमा राखेर श्रमीक पठाउन वन्द गरिनु पर्ने र भएका नेपाली श्रमीकलाई पनि फर्काउनु पर्ने गुरुङ्ग वताउछन् ।

मलेसियामा नेपाली श्रमीकले भोग्दै आएका समस्यालाई हल नगरी केहि म्यानपावर व्यावसायीले भने नेपाली श्रमीक पठाउन लविङ्ग थालेका छन् । मलेसियामा सुरक्षा का वाहेक श्रमीकले रोजगारीकै क्रममा पनि धेरै दुःख पाउने र त्यो कारण नै अवैधानीक वन्नु परेको वताउछन् झापाका पारस तिम्सीना । उनका अनुसार म्यानपावर कम्पनी र रोजगार दाताको फट्याइका कारण नेपाली श्रमीक अवैधानीक वन्ने गरेकाले सो हल नगरी नेपाली मलेसिया पठाउनु नेपाली श्रमीकलाई नर्क पठाएझै हुने उनको भनाइ छ ।