बाबुराम भट्टराईको प्रश्न: हामी कहिलेसम्म मूर्ख बन्ने ?

काठमाडौं। समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आत्मप्रशंसा, सपना र ईच्छासूची रहेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डाक्टर भट्टराईले भनेका छन्, ‘अहिलेसम्मकै सम्भवत: सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा, केही सपना र अति धेरै इच्छा-सूची राष्ट्रपतिद्वारा वाचन गराइयो !’

उनले प्रदेश/स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाएको जनाए । ‘कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो ! हामी कहिलेसम्म मूर्ख बन्ने ?’ उनले प्रश्न गरेका छन् ।