
काठमाडौं। लामो समयदेखि युट्युबका दर्शकहरुले प्रतिक्षा गरेको ‘छक्का पञ्जा २’ अब आइफिल्क्समा हेर्न पाइने भएको छ।
चलचित्रका निर्माता तथा नायक दीपकराज गिरीले आज एक फेसबुक स्टाटस राख्दै चलचित्र २० गते आईफिल्क्समा अपलोड हुने जानकारी दिनुभयो।
चलचित्रको डिजिटल अधिकार हाइलाइट्स नेपालले पाएकोले हाइलाइट्स नेपालसँग नै यसको डिजिटल अधिकार हुने उहाँको भनाइ छ।
उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ, ‘हाइलाइट्स नेपालले जानकारी दिएको जानकारी अनुसार ‘छक्का पञ्जा २’ आइफिल्क्समा यहि २० गते शुक्रबार र युट्युबमा पनि चाँडै आउँछ भन्ने जानकारी पाएको छु।’