लकडाउनमा करोडपति बुवाआमा घरनिकाला, औ’ष’धी खाने पैसा नभएपछि धरधरी रोइन् (भिडियो)

काठमाडौं । वौद्धको चिनचुलीका ६२ वर्षका रामप्रसाद हुमागाई र वशन्ती हुमागाईलाई आफ्नै परिवारका सदस्यले घर निकाला गरेपछि बिचल्ली परेका थिए । आफ्नो सन्तान नभएपछि दाजुभाईको छोरावुहारीको आश्रयमा बसेका उनीहरुलाई घर निकाला गरिदिएपछि बिचल्ली भएको थियो। आफ्नो करोडौं रुपैया पर्ने घरवास हुँदा पनि उनीहरु अहिले सडकमा आएका छन्।

घर परिवारका सदस्यले छोराछोरी छैनन् भन्दै आफुहरुलाई हेला गर्ने गरेको उनीहरुले बताएका छन् । उनीहरुको बारेमा भिडियोमा समाचार सार्वजनिक भएपछि तिनै छोरावुहारी अहिले आमावुवालाई लिन आएका छन् । ति वृद्ध आमाबुवाले आफ्ना छोरावुहारीले आफुहरुलाई कु’टपि’ट गर्ने गरेको बताए । वृद्धवृद्धाले सडकमा मागेर जिवन गुजारा गर्ने गरेका थिए।

करोडौंको सम्पत्ती र निकै ठूलो घर भएपनि परिवारका सदस्यले निकालेपछि उनीहरु काठमाडौंमा कोठा भाडा लिएर बसेका थिए । भिडियो सार्वजनिक भएपछि सहयोगीले दिएको पैसाले कोठाभाडा तिरेको उनीहरुले बताएका छन् । छोराछोरीले आफुहरुलाई बि’रा’मी हुँदा पनि खान नदिने र यातना दिने गरेका कारण बस्न नसकेको बताएका छन्। ससुराले बनाएको घर भएकाले सबै परिवार संगै बस्ने गरेको उनीहरुको भनाई छ।

तीन चुलकिो वडा नम्बर ३ मा बस्दै आएका उनीहरुलाई घरवेटीले कोरोना सर्छ भनेर निकालेपछि उनीहरु सडकमा आए । त्यस्ता वृद्धलाई सडकमा अलपत्र परेको देखेपछि अन्य छिमेकीले उनीहरुलाई बस्ने ब्यवस्था मिलाइदिएका हुन् । मयुरको प्वाँख बेचेर जिवन चलाउँदै आएका उनीहरु आमा बसन्ती पनि दमको रोगी र वृद्ध रामप्रसाद पनि लडेर वि’रामी भएपछि उपचार पनि गर्न सकेका छैनन्।

लकडाउनका कारण कतै बाहिर पनि निस्कन नपाउँदा थप विचल्ली भएको हो । यसरी घर वाहिर बसेको ६ वर्ष भन्दा बढी भएको बताए । मयुरको प्वाँख बेचेर आएको सानो आम्दानीले जिवन गुजारेका उनीहरुलाई सहयोगका लागि आह्वान गर्दै युटुवरले भिडियो सार्वजनिक गरेका छन्।