
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ असार १५,आइतबार, इ.स. २०१९ जुन ३०,शकसंवत् १९४१,परिधावी संवत्सर, उत्तरायण, ग्रीष्म ऋतु,ने.सं. ११३९ तछलागा, आषाढ कृष्णपक्ष, त्रयोदशी, २७:२८ उप्रान्त चतुर्दशी,नक्षत्र– कृत्तिका, ८:४७ बजेउप्रान्त रोहिणी, योग– शूल, १९:४० बजेउप्रान्त गण्ड, करण– गर, १५:४८ बजेदेखि वणिज, २७:२८ बजेउप्रान्त भद्रा, आनन्दादिमा धुम्र योग, चन्द्रराशि– वृष,सूर्योदय– ५:१३ बजे, सूर्यास्त– १९:०२ बजे र दिनमान ३४ घडी ३ पला। प्रदाेष व्रत। दहीचिउरा खाने सांस्कृतिक दिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –
समयमा काम नबन्नाले आय आर्जन घट्ने तथा सापटि लगिएका रकमहरु समयमा फिर्ता हुनेछैनन् । व्यापारमा लगानि गरेपनि आम्दानि कम हुनेछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –
राजनिति तथा समाजसेवामा दिएको समयबाट राम्रो उपलब्धि प्राप्त हुनेछ भने पद प्राप्तीको गतिलो सम्भावना रहेकोछ । व्यापार व्यावसाय राम्रो फस्टाएर जाने तथा आम्दानि प्रशस्त हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सँगै रहेर भलाकुसारि गर्न पाईने हुँदा नयाँ पनको बिकास गर्न सकिनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुँदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –
समयको सहि सदुपयोग नगर्नाले दुख पाईनेछ भने तपाई आफ्नै कारणले मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ भने बिदेशि भुमिमा बसेर गरिने व्यापार व्यावसाय फस्टायर जानेछ । बिद्यामा सफलता पाउन निकै नै संघर्ष गर्नु पर्नेछ । मान्यजनहरुको सुझाबलाई हुँबहु लागु गरेर अगाडि बढे केहि मात्रामा लाभ हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
व्यापार व्यावसायमा दैनिक भन्दा आम्दानि बढ्नेछ भने आम्दानिका स्रोतहरु फराकिला हुनेछन् । सोचेभन्दा बढीनै पारिश्रकिम पाईने हुदा मन प्रशन्न हुनेछ । पैत्रिक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग गरि समाजमा दाम तथा नाम दुवै कमाउन सकिनेछ । प्रेम प्रशङगमा रमाउन चाहनहरुका लागि समय उत्तम रहेकोछ । दाजुभाई तथा आफन्तको साथ तथा सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –
धन तथा पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला रुपैया पैसा फस्न सक्छ । प्रेममा एक अर्कालाई सहयोग गर्दा गर्दै अबिश्वषस बढ्न सक्छ ध्यान दिनुहोला । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । स्वास्थ्यमा समस्या आई शुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था रहने छैन । राजनीति तथा समाजसेवामा लाग्नेहरुका लागि समय मध्ययम रहेकोछ ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) –
प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –
घर परिवारमा आफन्त तथा दिदि बहिनिहरुबिच तित्तता देखिन सक्छ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पक्षमा आउनेछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्दा सम्बन्ध बिग्रने खतरा रहेकोछ । आफ्नै कमजोरिले पछि पर्ने समय रहेकोछ ध्यान दिनुहोला ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –
मायाप्रेममा अबिस्वास बढ्ने तथा बिपरित लिङगदेखि टाडै रहनुहोला । पढाई लेखाईमा खर्चिएको समय कम हुँने हुँनाले अरुभन्दा पछि परिनेछ। भौतिक सम्पति तथा सवारि साधन प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । व्यावसायिक तथा पर्यटकिय यात्रा गर्न सकिने भएपनि गन्तब्यमा पुग्नु अगावै बिभिन्न किसिमका बाधा तथा अवरोधहरुको सामना गर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –
गोप्यता भङग हुन सक्छ ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । बादबिाद,बिद्या तथा प्रतिश्पर्धामा आजको दिन भाग नलिनु नै राम्रो रहनेछ । छिमेकिहरुले भाजो हालेर तपाईको घर परिवारमा झगडा गराउँन अनबरत लागिरहनेछन् ख्याल गर्नुहोला । कर्मको फल अरुले नै खान सक्छन् होस गर्नुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –
लगानि गर्नको लागि केहि समय कुर्नु पर्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता आउँन सक्छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –
बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपुण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –
आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । माया प्रेममा अबिश्वास बढ्ने हुँदा आजको दिन नभेट्दा नै राम्रो रहनेछ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछन् । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै समय खर्चिनु पर्नेछ । अध्ययनमा तपाईको उपस्थिति कमजोर रहनेछ । व्यावसायमा नाफा कमाउन प्रशस्त समय खर्चिनु पर्नेछ ।