श्रीमतीसँग लसपस भएको आशंकामा ‘मितज्यू’ भनेर बोलाउने साथीलाई घनले हा’नेर मा’रे, एक महिनापछि खाल्डोवाट यस्तो अवस्थामा निकालियो श’व (भिडियो)

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ निवासी २२ वर्षीय बिमल रानाभाट एक महिनादेखि गा’यब बने । उनलाई कतै फेला पारिएन । नयाँ वर्षको दिन उनलाई देखिएको थियो । त्यसपछि साथी, छरछिमेक कसैले देखेनन् । घर नबस्ने स्वभावको भएकाले सुरुका केही दिन त परिवारले साथीकहाँ नै होला भन्ठाने, त्यसपछि पनि घरपरिवारको सम्पर्कमा थिएनन् । परिवारका सदस्यले पनि आफन्त, साथीभाइ लगायत उनी जान सक्ने स्थान जताततै खोजीनिधि गरे तर भेटिएनन् ।

एक महिनापछि उनलाई भेटियो तर खाल्डोमा पु’रिएको अवस्थामा । कास्की प्रहरीले रानाभाटको शव घर पछाडिको मकै बारीमा गा’डिएको अवस्थामा शनिबार निकाल्यो । घटनामा संलग्न रहेको अभियोगमा ४ जनालाई पक्राउ गरी विज्ञप्तीमार्फत जानकारी पनि दिएको छ ।

सो घटनामा संलग्न रहेको अभियोगमा पोखरा १४, समिनताराका २१ वर्षीय ज्ञानबहादुर परियारसहित स्थानीय १८ वर्षीय सञ्जय दर्जी, १८ वर्षीय कुमार परियार र बागलुङ गल्कोट घर भइ हाल पोखरा समिनतारा बस्ने वर्ष १९ का सागर परियारलाई निय’न्त्र’ण लिएको जानकारी दिए ।

तीमध्ये मुख्य अभियुक्त ज्ञानबहादुर परियार मृ’तक रानाभाटकै मिल्ने साथी हुन् । उनीहरु असाध्यै मिल्थे । काम पनि सँगै गर्थे । ‘मितज्यू’ भनेर एक अर्कालाई सम्बोधन गर्थे । परियारले साथी बिमललाई सधैं आफ्नै घर लैजान्थे । परियार विवाहित थिए । घरमा श्रीमती थिईन् । समयक्रमसँगै बिमल आफ्नी श्रीमतीसँग लसपस गरेको परियारलाई शंका थियो । आफू नभएको बेला धेरै पटक नै बिमल आफ्नी श्रीमतीसँग एउटै बन्द कोठामा भेटिएका थिए । एकै ओछ्यानमा साथी र श्रीमती भेटिएको धेरै नै पटक देखेको छिमेकी समेतको भनाई छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्की स्वयं शव उत्खननका क्रममा घटनास्थल पुगेर निरीक्षण गरेका थिए । ती चारै जना युवकहरुको प्रारम्भिक बयान आधारमा प्रहरीले शनिबार बिहान ८ बजे मृ’तक रानाभाटको घर पछाडि बारीको डिलमा गा’डिएको अवस्थामा स’डेग’लेको अवस्थामा निकालिएको उनले जनाए ।

आफ्नै साथीलाई घ’नले हा’नेर मा’री गा’डेको भन्ने स्वीकारेपछि बयान आधारमा शव निकाल्न सकिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको थियो । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हि’रा’सतमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।