एसइईमा ‘ए प्लस’ नआएपछि दुइ छात्राद्वारा आत्महत्या

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईमा नतिजा सोचे अनुरुप नआएको भन्दै एक किशोरीले आत्महत्या गरेकि छन् । आत्महत्या गर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ घर भई काठमाडौं चन्द्रागिरीमा बस्दै आएकि किशोरी सदिक्षा पौडेल छिन् ।

उनले चन्द्रागिरी नगरपालिका १२ बलम्वु दूरसञ्चार नजिकै झुण्डिएर आत्महत्या गरेको बताइएको छ । बलम्वु माध्यमिक विद्यालयबाट पौडेलको एसइईमा जिपिए ३.६ आएको थियो।

उनको शवलाई शिक्षण अस्पतालमा पोस्टमार्टम गर्न पठाइएको प्रहरीले जनाएको छ ।

उता झापामा समेत अर्की किशोरीले आत्महत्या गरेको खबर छ । बुद्धशान्ति बुधबारे स्थित वाल्मीकि बोअर्दिन्ङ स्कुलमा अध्ययनरत सलिना ढकालले पनि नतिजालाई लिएर आत्महत्या गरेको बताइएको छ ।