अभिनेता ग्रेगरी र उनकी प्रेमिका मृ’त अवस्थामा फेला

काठमाडौं। चर्चित अभिनेता ग्रेगरी टियर बोयस लस भेगसस्थित आफ्नै घरमा मृ’त अवस्थामा फेला परेका छन् । उनी र उनकी २७ वर्षीय प्रेमिका घरमै मृ’त फेला परेका हुन् । अभिनेता ग्रेगरी र उनकी प्रेमिका १३ मेमा घरमै मृ’त फेला परेको स्रोतले जनाएको छ । उनीहरुको के कारणले मृ’त्यु भएको भन्ने खुल्लन नसकेको जनाइएको छ।

त्यहाँको पुलिस विभागका सार्वजनिक सूचना अधिकारीले सीएनएनलाई मृ’त्युको कुनै कारण नभएको इमेलमार्फत् पुष्टि गरेको बताइएको छ । अभिनेता ग्रेगरीकी आमा लिसा वेनले आइतबार सामाजिक सञ्जालमार्फत छोरालाई श्रदाञ्जलि दिएकी छिन्।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो छोरा उत्कृष्ट सेफ भएको रनयाँ व्यवसाय शुरु गर्ने तयारीमा रहेको जनाएकी छिन् । उनी ‘ट्वायलाइट’मा बेला स्वानको अपोजिटमा देखिएका थिए।