अम्पुन आँधीले भारतमा मच्चाउन थाल्यो वि’ध्वंश, एक शिशुसहित तीन जनाको मृ’त्यु

काठमाडौं। बंगालको खाडीमा विकसित अम्पुन नामकाे शक्तिशाली सामुद्रिक आँधी (चक्रवात) ले भारतमा वि’ध्वंश म’च्चाउन थालेको छ। यो खबर लेख्दासम्म पश्चिम बंगालमा दुई जना र ओडिसामा एक शिशुको मृ’त्यु भएको समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ।

भारतीय माैसमविद्का अनुसार समुद्रबाट चक्रवात जमिनमा ठाेक्किन सुरु गरेपछि स्थिति भयावह भएकाे हाे। स्थानीय पत्रकार प्रभाकर मणि तिवारीले बीबीसीलाई बताएअनुसार कोलकातामा ठूलो बताससिहत भारी वर्षा भइरहेकाे छ। घरका झ्याल भत्किएका छन्। उनले भनेका छन्- बतास यति शक्तिशाली छ कि अवस्था ड’रलाग्दो छ।

यस्तै ओडिसामा तेज गतिमा चलिरहेको आँधीले रुख तथा बिजुलीका खम्बा ढालेका छन्। ओडिसामा आँधीले घरको भित्ता भत्काउँदा चेपिएर तीन महिनाकी बच्चीको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अहिले त्यस क्षेत्रका बासिन्दा आ’तं’कित र असुरक्षित भएका छन्।

एनडीआरएफका महानिर्देशक एसएन प्रधानले अहिले अम्पुन आँधी जमिनमा ठोक्किन सुरु भएको बताएका छन्। उनका अनुसार पश्चिम बंगालका ५ लाख तथा ओडिसाका १ लाख ५८ हजार ६ सय ४० जनलाई सुरक्षित स्थानमा सारिएकाे छ।