जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन – पुजा शर्मा

काठमाडौं। नेपाल भारतबीच चलिरहेको सिमा विवाद र त्यसमा अभिनेत्री मनिषा कोईरालाले दिएको अभिव्यक्तिलाई लिएर भारतीय मिडिया यतिबेला मनिषा विरुद्ध उत्रिरहेका छन्। लिम्पुयाधिरा, लिपुलेक, कालापानी लगायतको भूभाग आफ्नो रहेको बताउदै नेपालले आफ्नो नक्सा सार्वजनिक गरेपछि यसले भारतमा ठुलो हलचल ल्याएको हो । नक्सा सार्वजनिकपछी मनिषाले दिएको अभिव्यक्तिको समर्थनमा यतिबेला नेपाली सेलिब्रेटी एकपछी अर्को गर्दै आएका छन्।

अभिनेत्री पूजा शर्माले मनिषाको पक्षामा बोल्दै नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न नसकिने बताएकी छिन्।

उनि लेख्छिन्, भारतीय मिडीयाले भारतीय जनताको मन जित्न सफल नायिका मनीषा कोईरालाले समेत नेपालको जमीन हो भन्दै नेपालको पक्ष लिइन के साच्चै लिम्पियाधुरा, लिपुलेक , कालापानी नेपालको हो त ? खास तथ्य सत्य केहो भनेर इतिहास केलायर समाचार बनाउने र खोजी गर्ने तेती ठुलो देश भारत भरिनै कुनै मिडीयानै रहेनछ यो दुःखद कुरा हो । मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभयको हैन आफ्नो कलाकारितामा उभियर खानुभयको हो मनीषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडीया प्रति टीठ लागेर आयो | नेपालीहरु काम र कर्मको सिलसिलामा सन्सारभर होलान तर जब देश र आफ्नो जमीनको कुरा हुन्छ तेतीबेला देशकै पक्षमा बोलीन्छ जन्मदिने आमालाई पराई ठानेर मेरै आमाको अङ्ग लुच्छने पराईलाई आमा भन्न सकिदैन चेतना भया | अर्को दुःख यसमा लागेको छकी भारतीय मिडीयाले नेपाल र मनीषा दिदीको बारेमा ठुलो ठुलो स्वरमा नानाभती भनीरहदा नेपालका मिडीयाहरुले खासै आवाज उठाउन सकेनन्।