थप ३ जनामा काेराेना, संक्रमितकाे संख्या ४५७ पुग्याे

काठमाडौं। बाँके र कपिवस्तुमा काेराेना भाइरसका थप तीन जना संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमितमा बाँकेकाे नरैनापुरका ३२ वर्षीय पुरुष र खजुराका ४२ वर्षीया महिला छन्। त्यस्तै कपिवस्तुकाे सद्दाेधन गाउँपालिकाका १९ वर्षीय युवकमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ।

उनीहरुकाे स्वाबकाे परीक्षण भेरी अस्पताल र प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला रुपन्देहीमा भएकाे थियाे। यससँगै नेपालमा संक्रमितकाे संख्या ४ सय ५७ पुगेकाे छ।