थप ३ जनामा कोरोना पुष्टि

काठमाडौं। बिहीबार राति थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भेरी अस्पताल, नेपालगञ्ज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा तीन जना सङ्क्रमित थपिएका छन् ।

बाँकेका नरैनापुर ३ का ३२ वर्षीय पुरुष, खजुरा ३ का‌४२ वर्षीया महिला र कपिलवस्तु शुद्धोधन गाउँपालिकाका १९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या चार सय ५७ पुगेको छ।