६ जना नर्समा कोरोना पुष्टि

काठमाडौं । बाँकेमा पनि स्टाफ नर्सलाई कोरोना भाइरस रोगको पुष्टि भएको छ । केहीबेर अघि स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना नर्स रहेको स्रोतले जानकारी दिएको छ ।

खजुरा गाँउपालिका ३ की ४२ वर्षकी महिला नर्स रहेको खुल्न आएको छ । उहाँ गाउँपालिका स्वास्थ्य संयोजक रहेको स्रोतको भनाई छ । उहाँ सुरु देखिनै बाँकेमा कोरोना विरुद्धको लडाँइमा अग्र स्थानमा रही खटिनुभएको थियो । हालसम्म नेपालमा ६ जना नर्समा कोरोना पुष्टि भैइसकेको छ।