दुईजना संचारकर्मीसहित थप ९ जनामा कोरोना संक्रमण

कपिलवस्तु। दुईजना संचारकर्मीसहित जिल्लामा थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको प्रेस वक्तव्यअनुसार वाणगंगानगरपालिकाका ५ जना, मायादेवी गाउँपालिकाका ३ जना र कपिलवस्तु नगरपालिकाका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

संक्रमित नयाँ ८ जनामध्ये २ जना स्थानीय संचारकर्मी हुन् । संक्रमित सबैको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

संक्रमति सबैलाई कोरोना अस्पताल दाङ लैजाने तयारी गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा यसअघि ६० जनासहित हालसम्म कुल ६९ जनामा कोरोना संक्रमण देखिएको छ।