बाबुरामलाई करिश्मा बोझ ! पार्टी छोड्दा भट्टराईले दिए धन्यवाद

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई र तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृ तथा चर्चित अभिनेत्री करिश्मा मानन्धरबीच अहिले सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप चलिरहेको छ ।

करिश्माले बाबुरामले आफूलाई चुनावमा उपयोग गरेको आरोप लगाएकी थिईन् । फोरमसँग गरेको एकतामा करिश्मा सहभागी भईनन् । पार्टी एकता हुनुपुर्व नै बाबुराम र करिश्माबीच सम्बन्ध खासै राम्रो नभएको बुझिएको थियो ।

अहिले सामाजिक सञ्जालमा नै आरोप–प्रत्यारोप चलेपछि उनीहरुको विवाद सतहमा आएको हो । बाबुरामले करिश्माले पार्टी छोडेको घोषणा गरेपछि धन्यवाद दिएका छन् । डा.भट्टराईले फेसबुकमा लेखेका छन्,‘समाज परिवर्तनको निरन्तर यात्रामा सहयात्री फेरिइरहन सक्छन् !

जोसंग जहाँसम्म सहयात्रा गर्न सकिन्छ गर्नुपर्छ, कोही केही किलोमिटर मात्र सहयात्रा गर्लान, कोही हजार किलो मिटर सहयात्रा गर्लान, कोही अन्तिम गन्तव्यसम्म सहयात्रा गर्लान, सहयात्रा स्वेच्छाले गर्ने हो, हामी धेरै भन्दा धेरैसंग अन्तिम गन्तव्यसम्म सहयात्रा गर्न चाहन्छौं! जसले जति दूरीसम्म सहयात्रा गर्छस त्यतिसम्मका लागि हामी सम्बन्धित सबैलाई धन्यवाद दिन चाहन्छौं!’

‘एकता दुरदर्शी थियो तर अवतरण के हुन्छ?’

स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकताको अवतरण के हुन्छ ? भन्दै प्रश्न तेर्साएका छन् । उनले भने,‘एकता दुरदर्शी थियो तर अवतरण के हुन्छ?, म अन्डरलाइन गरेर भन्दै छु यो एकीकरण पार्टी र सरकारको सफलता र विफलतातिर मात्रै छैन साथी हो, यसले सिष्टम कता जान्छ?’

उनले तत्काल एकीकरण प्रक्रिया टुंग्याउन आग्रह पनि गरेका छन्। मदन भण्डारी फाउण्डेसनले गरेको कार्यक्रममा त्रिपाठीले भने, ‘तपाईंहरू पार्टी ठूलो भयो भन्नुहुन्छ। ठूलो पार्टी भएपछि कति ठूलो क्षेत्रफल नै थाहा नभएजस्तो गर्नुभएको छ।’ उनले एमाले र एमाओवादी केन्द्र एकता गरी नेकपा पार्टी बनाउने निर्णय ओली र दाहालको दुरदर्शी निर्णय भएको बताएका थिए ।