कुवेतमा कोरोना संक्रमित नेपालीको मृ’त्यु

कुवेत । खाडीमुलुक कुुवेतमा एक नेपालीको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्या’न गएको छ । विगत १८ वर्षदेखि कुवेतमा रोजगारी गर्दे आएका किर्तिपुर नगरपालिका–पाँगा काठमाडौँका ३९ वर्षीय विकास महर्जनको कोरोना भाइरसको कारण मृ’त्यु भएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार उनको मृत्यु गएको मे १६ तारिख शनिबारका दिन भएको हो । उनको मृत्यु शनिबार भएतापनि कोरोनाकै कारण मृ’त्यु भएको भन्ने पुष्टि शुक्रबार मात्रै भएको दूतावासले जनाएको छ । उनको उपचारको क्रममा अस्पतालको आइशोलेशन वार्डमा मृ’त्यु भएको दूतावासको भनाइ छ ।