‘कालापानी, लिम्पियाधुरा नेपालकै भएकाे यस्तो छ ८ प्रमाण’

काठमाडौं। गत बुधबार सरकारले लिम्पियाधुरासम्मको भुगोल समेटेर नेपालको नक्सा जारी गर्‍यो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले लगेको प्रस्तावलाई मन्त्रिपरिषदले पारित गरेको हो।

नक्सा पारित भएसँगै सरकारले शुक्रबार संविधान संशोधनको प्रस्तावसमेत दर्ता गरेको छ। संविधानको अनुसूचीमा रहेको निशान छापमा लिम्पियाधुरा नभएको नक्सा रहेकाले यसलाई संशोधन गर्न लागिएको हो।

लिम्पियाधुरासम्म नेपालको हो भनेर कसरी प्रमाण जुटेको हो भन्ने प्रश्नमा भूमि व्यवस्था मन्त्री अर्यालले हाम्रो इतिहास नै यसको प्रमाण रहेको बताइन्।

‘इतिहास नेपालको पक्षमा छ। सुगौली सन्धी प्रमाण छ। त्यसले नेपालको पश्चिमोत्तर भारत र नेपालका सीमानाका सन्दर्भमा लिम्पियाधुराबाट बग्ने काली नदी नै सीमाना हो भनेर स्पष्टताका साथ भनेको छ,’ मन्त्री अर्यालले भनिन्,’सीमा नदी हुन ठूलो गहिरो र लामोसमेत हुनुपर्छ। त्यो भनेको लिम्पियाधुराबाट बग्ने काली नदी नै हो।’

ठूला नदी भएको ठाउँमा शाखा नदी नभई ठूलो नदी सीमाना हुने सुगौली सन्धीले नै भनेकाले सबैभन्दा ठूलो प्रमाण यही रहेको मन्त्री अर्यालको भनाइ छ।

सरकारले नक्सा जारी गर्नका लागि विभिन्न ८ प्रमाणहरु जुटाएको छ। जसले लिम्पियाधुरासम्म नेपालकै भूगोल हो भनेर भन्छ।

१.सन् १८१६ मार्चमा भएको सुगौली सन्धी

२.सन् १८१६ डिसेम्बरको पूरक सन्धी

३.बेलाबखतका नक्सा(१३२ वटा)

४.जनताले तिरो बुझाएको रसिद

५. बि.सं. २०१८ सालमा भएको जनगणना

६. बि.सं. २०१५ को मतदाता नामावली र मतदान गरेको प्रमाण

७. विभिन्न समयमा आदान-प्रदान भएका कूटनीतिक नोटहरू

८. विभिन्न समयका ऐतिहासिक दस्तावेजहरू

हेर्नुस सेतोपाटीले तयार परेको यो भिडियो: