आज एकै दिन ५९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५१६ पुग्यो

काठमाडौँ। कोरोना भाइरस कोभिड-१९ बाट थप ९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले बेलुका ८:१५ बजे एक प्रेस विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

पछिल्लो पटक राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परिक्षणमा कोरोना पुष्टि भएका भक्तपुरकि ४२ वर्षीय महिला र मकवानपुर् हेताउदा ३ का ५४ वर्षीय पुरुष रहेका छन । त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परिक्षणमा सप्तरी बलान बिहुल गाउपालिकाका ३५ वर्षीय पुरुष रहेका छन । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडामा गरिएको परिक्षणमा बारा सिमरनगड नगरपालिकाका २२,२७,३०,३४,३८,४५ वर्षीय पुरुषहरु रहेका छन ।

यो संगै आज एकै दिन कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ जना पुगेको छ । नेपालमा जम्मा कोरोना भाइरस संक्रमितको संख्या ५१६ जना पुगेको छ । जस मध्ये ७० जना निको भएर घर फर्किएका छन् । भने अहिले सम्म ३ जनाले ज्यान गुमाएका छन ।

प्रेस विज्ञप्ति :