धादिङको कृष्णभीरमा ३ गाडी एकआपसमा ठोक्किए, २ जनाको मृत्यु, ३२ जना घाइते

काठमाडौं। धादिङको बेनिघाटमा आइतवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभीरमा तीनवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।

दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं पठाइएको डीएसपी खड्काले लोकान्तरलाई जानकारी दिए ।

अन्य ७ जनाको गजुरी र २ जनाको चरौंदीमा उपचार भइरहेको छ । अन्य केही भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको डीएसपी खड्काले बताए । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।