
काठमाडौं। भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटिएको छ । आइतबार दिउँसो आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने सावित्री भट्टराईको घाँटी रेटेको प्रहरीले जानकारी दिएको छ।
अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार अपराध महाशाखा र भक्तपुर प्रहरी परिसरले घटनामा संलग्न युवाको खोजी भइरहेको छ। उनले भने-‘ भट्टराईको जीवित या मृत्यु भएको खुल्न बाँकी नै छ। घटनाको अनुसन्धान गरिरहेका छौ।’