असार १५ मा यस्तो रुपमा देखिए डा बाबुराम भट्टराई (फोटो)

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले रोपाइँमा खेत साएको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।

राष्ट्रिय धान दिवसको अवसरमा आयोजित रोपाइँमा बाबुरामले हली बनेर खेत साएका हुन् । रोपाइँमा सहभागी भएको फोटो राख्दै बाबुरामले लेखेका छन्-

‘हो हो तारे हो हो! हो हो माले हो हो! गोरखामा राष्ट्रिय धान दिवस !’ राष्ट्रिय धान दिवसका अवसरमा आज देशभर रोपाइँ विशेष कार्यक्रम भइरहेका छन् । सरकारले असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको छ ।

हेर्नुहोस्, थप तस्वीर :