भारतीय मिडीयाको अचाक्ली विष वमन, नेपाललाई मजवुर होइन मजवुत वन्न सन्देश – प्रकाशचन्द्र

काठमाडौं। भारतका वरिष्ठ पत्रकार पी साईनाथ भन्छन ‘भारतीय मिडीया सेकेण्ड सेकेण्डमा महिलाहरु वला’त्कृ’त भएको समाचार देख्दैनन लेख्दैनन,ठुलो संख्यामा दैनिक किसानहरु देह त्याग गरेको समाचारलाई महत्व दिंदैन, तन्नम गरिवीले सदगत गर्न पनि नपाउने समाजको चित्र लेख्दैन, छुवाछुत र विभेदवारे सत्य वाहिर ल्याउन पहल गर्दैन, भोकमरी र दहेजले निम्त्याएको देह त्याग गरेको समाचार वन्दैन तर हप्तौ सम्म यस्तो कार्यक्रम वनाउँछ कि ‘ऐश्वर्य राय गर्भवती भएकी छन, उनले छोरा जन्माउलीन की छोरी ? वच्चन परिवारले वच्चाको नाम के राख्दै छ ? के ऐश्वर्या वच्चा जन्माउन खुशी थिईन ?

वर्षौ देखि भारत -पाक, भारत -चीन, भारत -नेपालवीचको सम्वन्धमा एकोहोरो विष वमन गर्ने मिडीया पछिल्लो दशक मोदी फासिजमको एकोहोरो मुखपत्र मानिने भारतमा कर्पोरेट मिडीया ‘पेड मिडीया’मा रुपान्तरण भएको भन्दै आलोचना भइरहेको छ ।

पछिल्लो छ महिनादेखि भारतीय मिडीया नेपाल विरुद्ध एकोहोरो वि’ष वमन गरिरहेको कुरा हामीले नजिकवाट नियालीरहेका छौं ।भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भूभाग उसको राजनीतिक नक्सामा राखेदेखिनै नेपाली राजनीतिक दल,नागरिक समाज, प्रवुद्ध वर्ग र मिडीया एक ठाँउमा देखिए पनि भारतीय मिडीयाको विष वमन निरन्तर थियो ।

तर पछिल्लो पटक नेपाल सरकारले आफ्नो राजनीतिक नक्सा सार्वजनिक गर्ने घोषणा सार्वजनिक भए लगत्तै देखि भने भारतीय मिडीयाहरु अचाक्ली रुपमा मिथ्यांक, भ्रम, प्रपोगाण्डाका साथ नेपाल विरुद्ध एकोहोरो प्रस्तुत हुनुलाई हामीले अत्यन्त संवेदनशीलताका साथ हेर्नु पर्छ कि केही अपवाद मिडीया वाहेक त्यहाँवाट सन्तुलित समाचार आउनेवाला छैन ।

वरु उनीहरुको एकोहोरो विष वमनवाट हामीले के वुझौं भने अव भारतसंगको कुटनीतिक वार्ता, संवाद र दावी वि’रो’धमा निकै संवेदनशील रुपले प्रस्तुत हुन सवै खाले संयन्त्रको निर्माण, पूर्ण तयारीका साथ प्रस्तुत हुनै पर्छ । अर्थात तार्किक निष्कर्षमा पुग्न अर्थात हाम्रो अतिक्रमित भुभागवाट उनीहरुलाई छोडाउन अति धेरैनै सुझवुझ र मेहनतको अत्यावश्यक छ । म फेरि भन्छु संयमता ! अझ संयमता !! संवेदनशीलता !
झन संवेदनशीलता अत्यावश्यक । तयारी तयारी, पूर्ण तयारी अत्यावश्यक छ।

मदि’राको मातमा होस गुमाएर आफ्नै घरमा आगो लगाए जस्तो नयाँ नक्साको नसामा कुटनीतिक, रणनीतिक र राजनीतिक संयमता नगुमाऔ । अझ संवेदनशील र रणनीतिक कुटनीतिक हिसावले मजवुर सम्वन्धलाई मजवुत सम्वन्धमा रुपान्तरण गर्न अत्यन्त संयमता, विशिष्ट तयारी अत्यावश्यक छ । चाहे सरकार होस, सदन, सडक होस सदन वा मिडीया आफ्नो मुल धर्म नछोडौं।

भारतीय मिडीयाको तमासा हेर्दै गरौंला, आफ्नो अव्वल तयारी पहिलो प्राथमिकता हुनै पर्छ, यो अत्यन्त जरुर छ। कारण यो तुरुन्त र सजिलै सल्टिने विषयनै होइन र भारत नेपालको सम्वन्ध सीमा विवा’द मात्रै होइन । यो सत्य हो कि हामीले दौत्य सम्वन्ध तोडेका छैनौ, प्रिय छिमेकी तपाईको ‘दैत्य सम्वन्ध’ मन पराईएको छैन । हामी मिलेर समाधान गर्न तयार छौ, आउनुस वार्ताको तयारी गरौं।