थप ७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। आज (शनिबार) साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको नमूना परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । रुपन्देहीको गैडहवाका ३ जना, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–५ जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए।

गुल्मी मदानेका संक्रमित यस अघि संक्रमित भई मृ’त्यु भएका शिक्षकको सम्पर्कमा रहेको व्यक्ति भएको पाइएको छ। ‘अन्य (रुपन्देही र कपिलवस्तुका) ६ जना चाहिँ हालै भारतबाट प्रवेश गरेका व्यक्तिहरु हुन्, उनीहरु अहिले क्वारेन्टिनमा थिए,’ डा. गिरीले नेपालखबरसँग भने।