
एजेन्सी। बलिउड फिल्म दंगल र सिक्रेट सुपरस्टार बनेकी कलाकार जायरा वसिमले बलिउडबाट बिला लिने भएकी छिन्। फेसबुकमा लामो स्टाटस राख्दै उनले बलिउडबाट बिदा हुने जानकारी दिएकी हुन्।
पाँच साल पहिले उनले बलिउडमा हात हालेकी थिइन्। उनी फ्नो अभिनयका कारण सफल भइन्। उनको कलाकारिता बलिउडमा मात्र होइन् अन्तर्राष्ट्रिय स्तरमा नै मन पराइयो। आफ्नो कलाकारितालाई मन पराएको मा सबै दर्शक र आफ्ना शुभ चिन्तकलाई उनले धन्यवाद दिएकी छिन्। उनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै भनिन, ‘मैले जब बलिउडमा काम गर्न थालेँ। मैले अपार सफलता प्राप्त गरे। म दर्शकको लोकप्रिय कलाकार बने। अक्सर धेरै युवापिढीको लागि म रोल मोडल बन्ने अवसर पाए।’
लोकप्रिय बन्नुका बाबजुद पनि उनले आफ्नो धर्म र अल्लाहका निम्ती आफूले फेसला गरेको बताएकी छिन्। उनले लेखेकी छिन्, ‘आफ्नो काम र लोकप्रियताबाट म आफैँ खुशी छैन। लामो समय देखी मैले मैले महसुस गरे कि म अरू केही बने, जुन म बन्न चाहन्नथेँ।’ उनले आफूलाई अन्जान बाटोमा लागेको महसुस हुन थालेको बताइन्। उनले भनेकी छिन, ‘मैले यस्तो क्षेत्रमा काम जारी राखे, जसमा मेरो धर्मसँग मेरो सम्बन्ध खतरामा रुह्यो।’