
काठमाडौ। आज मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, मनाइँयो । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ । यस बर्ष धान दिवसको नारा ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चाम आयातमा न्यूनीकरण’ तय गरिएको छ ।
आजको दिन किसानले शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गर्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ ।
सरकारले असार १५ लाई धान दिवसको रुपमा मनाउन थालेपछि भने यसले आम संचार र सामाजिक संजाल तताउदैं आईरहेको छ । सरकार ले दिवसलाई कोण सभा, संगठन विस्तार गर्दै मनोरंजन दिवसको रुपमा रुपान्तरीत गर्दै लगेको देखिन्छ । जनतालाई राम्ररी थाहा छ, कृषिमा क्रान्ति गरेका राष्ट्रहरुमा नेताले होईन कृषकले समेत हिलो छुनु पर्दैन । हिलाम्य हुनु पर्दैन । नेपाली जनताहरु नेता वा मन्त्रीले हिलो छोए वा छोएनन् भन्नेमा होईन । कृषि प्रति उनीहरुको बुझाईलाई आम नागरिकहरुले मजाक मानिरहेका छन् ।
अझ पछिल्लो समयका कृषि मन्त्रीहरुले नै यो दिवसलाई विकृत, अमर्यादित र नाट्य दिवसको रुपमा मन्चन गर्न थाले । जुन क्रम अहिले सम्म पनि रोकिएको देखिदैन ।त्यसै गरि धान दिवसको अवसर पारेर नेपाली कलाकार हरुले पनि मनाउने गरेको देखिन्छ । धान दिवसमा छोटा छोटा लुगा लगाएर अंग प्रदर्शन गर्ने हरु को पनि कमि छैन । सबैले आज आ-आफ्नो तरिकाले धान दिवस मनाई रहदा एक मोडलले भने फरक तरिकाले फोटो शुट गरि मनाएकी छिन ।
धान दिवसलाई एउटा बृकृति फैलाउने तरिकाले मोडल रीतिका जिरेलले आफ्नो फोटो शुट गरेकी हुन् । उनले धानको बिउले आफ्नो गोप्य अंग छोपर फोटो शुट गरेकी छिन । कतिपय चर्चामा आउन कै लागि भए पनि धान दिवसमा छोटा छोटा लुगा लगाएर फोटो शुट गर्ने गरेको पाइन्छ । उक्त तस्बिरले भाबी सन्ततिमा नकारात्मक असर त पर्ने र धान दिवसलाई उतेजित तुल्याएको देखिन्छ । अहिले उक्त तस्बिर सामजिक संझालमा भाइरल भएको छ । तस्बिरहरु हेर्नुस