नेपालीहरुलाई भारतबाट हटाउनु पर्ने मोदी सरकारलाई सुझाव

काठमाडौँ। नेपालीको दूर लेजाओ भारत से मोदी जी” को शीर्षक राखेर भारतिय मीडिया हिन्दखबरले हिजो आफ्नो टेलिभिजनमा एक कार्यक्रम चलाएको थियो । जस कार्यक्रम अन्तर्गत भारतीय सरकारले अब नेपालीहरुलाई भारतबाट ह’टाउनु पर्ने जस्ता खबर प्रसारण गरेको थियो।

उक्त कार्यक्रमका रिपोर्टर एबिके गुप्ताले कार्यक्रममा बोल्दै ” नेपालीहरुलाई भारतले धेरै दया गरेको र त्यस कारण नेपालीहरु भारतको शिरमा चडेको” जस्तो नेपालीहरु माथि अपमान हुने बयान दिएका छन् । “भारत के दाना खाते हे, चीन पाकिस्तनकी गाना गाते हे” जस्तो आरोप नेपाल सरकारलाई भारतिय मीडिया हिन्द खबरले लगाएको छ ।

उक्त कार्यक्रममा नै रिपोर्टर एबिके. गुप्ता ले “मोदी सरकारले भारतिय नागरिकता हेर्दै अन्य देशको नागरिक हरुलाई भारत बाट निकाल्नु पर्ने तर यस्तो कार्य गर्न किन मोदी सरकार चुकिरहेका छ ” भनेका छन् ।