‘जब सम्म भारतले नेपालको भूमि फिर्ता गर्दैन, तबसम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक’!

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले “जब सम्म भारतले नेपाली भूमि फिर्ता गर्दैन, तब सम्म मन्त्रीहरुको भारत भ्रमणमा रोक लगाउने बताएका छन्।

भारतले विगतका दिनहरूमा नेपाली मन्त्रीहरुलाई दिल्ली बोलाई, नेपाल सरकार विरुद्ध प्रदर्शन गराउने भएकोले भारत भ्रमणमा रोक लगाउने तयारी गरेको श्रोतले जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले लिपुलेक कालापानी र लिम्पियाधुरा नेपाली भूमि हो र यो भूमि भारतले नेपाललाई फिर्ता गर्नु पर्छ यदि न गरेको खण्डमा हामी जसरी भए पनि हाम्रो बनाउन जानेको छौ भनी भारतलाई कडा चेतावनी दिएका छन्।

सन् २०१९ मा भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गरेको थियो । जसमा नेपाली भूमि लिपुलेक,कालापानी र लिम्पियाधुरा लाई समेत भारतले आफ्नो नक्सामा राखे पछि नेपालमा भारतविरुद्ध प्रदर्सन गरिएको थियो । अहिले हाल भारतले लिपुलेकमा चीनको नाका मानसरोवर जाने सडकको उत्घाटन गरे पछि पनि भारतविरुद्ध प्रदर्सन भईरहेको छ।