सुन, म’दिरा र सुर्तीजन्य पदार्थको मूल्य भोलिदेखि नै बढ्ने

काठमाडौं। आगामी आर्थिक वर्षमा सुन, म’दिरा र सुर्ती सबैको मूल्य बढ्ने भएको छ।

आगामी आर्थिक वर्षको बजेट प्स्तुत गर्दै अर्थमन्त्री खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताए। ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो।

बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेकाे मूल्य भोलिदेखि नै लागू हुनेछ।

यो पनि पढ्नुहोस: बजेटको आकार गत वर्षभन्दा ५८ अर्ब ३२ करोड सानो

कोरोनाका कारण अर्थतन्त्र खुम्चिएपछि सरकारले गत वर्षको तुलनामा बजेटको आकार घटाएको छ । आर्थिक वर्ष २०७६/७७ मा १५ खर्ब ३२ अर्ब ९६ करोड ९१ लाख बराबरको बजेट ल्यएकोमा बजेटको आकार यसपटक घटाइएको छ ।

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो गत वर्षको तुलनामा ५८ अर्ब ३२ करोड ९१ लाखले कम हो । सरकारले राजस्वबाट ८ खर्ब उठाउने लक्ष्य राखेको छ ।