प्रेम सम्बन्ध लुकाउन छोरीकै योजनामा आमाको हत्या

काठमाडौं। चाँगुनारायण नगरपालिका–७, खरिपाटीमा छोरीको डेरामा बस्दै आएकी सिन्धुपाल्चोकको बोडेगाउँकी ६० वर्षीया सावित्री भटराईको मंगलबार भएको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुरको पुरानो ठिमी बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै २४ वर्षीय मोहम्मद रहिश र मृतककी छोरी २७ वर्षीय ईश्वरी भट्टराई रहेका छन् ।

मृतककी छोरी ईश्वरी भट्टराई र मोहम्मद नौसादबीचको सम्बन्धको बारेमा साबित्रीले थाहा पाएपछि कुरा बाहिर आउछ भन्ने डरले उनकाे हत्या गरिएकाे प्रहरीले जनाइको छ । आमालाई मार्न भनी ईश्वरीले १२ लाख रुपैयाँ दिई भारतबाट मोहम्मद रहिश र भोला कुमारलाई बोलाएकी थिइन् ।

साबित्रीलाई बिहान ११ बजेतिर मोटरसाइकलमा आएका दुई हतियारधारीले घाँटी रेटी हत्या गरेर भागेका थिए ।