प्रहरी-विप्लव कार्यकर्ताबीच गोली हानाहान

संखुवासभा। नेपाल प्रहरी र प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव कार्यकार्ता बीच स‌ंखुवासभामा जम्काभेट हुँदा गोली चलेकाे छ । दुवै पक्षमा कुनै क्षति भएको छैन ।

नेपालप्रहरीका प्रवक्ता विश्वराज पोखरेलकाका अनुसार सिलिचोङ गाउँपालिका-१ मा गस्तीका लागि टोली जादा दोहाेराे फाइरीङ भएकाे हाे ।

उनीहरुले फायर गर्दै जंगलतिर भागेपछि प्रहरीतर्फबाट पनि गोली चलेको प्रहरीले जनाएकाे छ । अहिले त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको छ ।