जर्मनीलाई हराउँदै स्पेन बन्यो युरोपियन यू–२१ फुटबलको विजेता

एजेन्सी । पाँचौ संस्करणको युरोपियन यू–२१ फुटबल च्याम्पियनसिप प्रतियोगिताको उपाधि स्पेनले जितेको छ । आईतबार राति भएको खेलमा जर्मनीलाई दुई एक गोलले पाखाँ लगाउँदै प्रतियोगिताको उपाधि उचाल्यो ।

खेलको पहिलो हापको ७ औ मिनेटमा स्पेनका फेबियन रुइजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ६८ औ मिनेटमा दानी ओलमोले गोल थप्दै स्पेनको अग्रता दोब्बर बनाए । यता, ८८ औ मिनेटमा जर्मनीका अमिरिले गोल फर्काए पनि टिमले हार टार्न भने सकेनन् ।