जातीय भेदभाव अन्त्य गर्न सबैले आफ्नो थरको पछाडि ‘कामी’ लेखौँ : बाबुराम भट्टराई

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छु’वाछुतको अ’न्त्य गर्न सबै एक जुट हुने बेला आएको बताएका छन् । उनले सबैजनाले एकै थर ‘का’मी’ लेख्‍नुपर्ने प्रस्ताव गरेका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आज प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै श्रमिक र सि’ल्पी द’लित समुदायलाई हेपेर, अ’पमा’नित गरेर देश अघि नबढ्ने बताए।

पूर्वप्रधानमन्त्री भट्टराईद्ये भने, ‘श्रम गर्नेलाई हेपेर द’लित भनेर हुन्छ। अहिले पनि जातीय छु’वाछु’तका आधारमा यसरी प्रताडित गर्न पाइन्छ ? बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं । म पनि बरु बाबुराम भट्टराई ‘का’मी’ भनेर लेख्‍न तयार छु। सबैले थर एकै लेखौं।’ उनले रुकुममा जा’तीय वि’भेदका नाममा गरिएको पाँच युव’कको ह’त्यालाई प्र’तिक्रान्तिको संज्ञा दिए। ‘क्रा’न्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ ?’, उनले प्रश्न गर्दै भने, ‘हामीले यी बे’थिति’लाई हटाउनैपर्छ। एउटै झ’ट्कामा किन भ’त्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’