किन बंकरमा लुक्न गए ट्रम्प ?

एजेन्सी। काला जातिका पुरुष जर्ज फ्लोयडलाई सडकमा प्रहरीले निय’न्त्रणमा लिएपछि घुँडाले घाँ’टी थिचेर मा’रेको भिडियो सार्वजनिक भएपछि अमेरिकामा भड्कि’एको विरोध प्रदर्शन उ’ग्र बन्दै गएको छ।

अनेकौं शहरमा अनिय’न्त्रित भी’डले भवन तथा कारमा अगा’जनी गर्ने, पसलहरूमा लु’टपाट गर्ने अनि भित्तोहरूमा स्प्रे गर्ने काम गरेका छन् । प्रहरीले प्रदर्शनकारीहरूमागि रबरको गोली र आँसुग्यास प्रहार गरेको छ । वाशिङटन डीसीमा रहेको ह्वाइट हाउस बाहिर पनि लगातार प्रदर्शनहरू भइरहेका छन्।

ह्वाइट हाउसमा भएको प्रदर्शनको क्रममा भी’डले फोहर फ्याँक्ने भाँडोमा आगो लगायो र प्रहरीसँग धकेलाधकेल गर्‍यो । कुरो बिग्रँदै गएपछि सुरक्षामा खटिएको सिक्रेट सर्भिसले राष्ट्रपति डोनल्ड ट्रम्पलाई ह्वाइट हाउसकै सुरक्षा बंकरमा लग्यो। अनि वाशिङटन प्रहरीले ह्वाइट हाउस वरिपरिबाट प्रदर्शनकारीहरूलाई लखेट्यो।

सिक्रेट सर्भिसका एजेन्टहरूले दं’गानि’रोधी पोशाक लगाएका थिए । दं’गा अझै थामिएको छैन ।