सरकारले जारी गरेको लकडाउन नमान्ने, २१ गतेदेखि बजार खुला राख्ने निर्णय

हेटौंडा। हेटौंडाका व्यवसायीहरुले सरकारले जारी गरेको लकडाउनलाई अब नमान्ने भएका छन् ।लकडाउनमा व्यवसायहरु धरासायी भएको भन्दै सतर्कता अपनाउँदै सबै प्रकारका व्यापार व्यवसाय खुला राख्ने निर्णय गरेका हुन्।

हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै सरकारले आफूहरुको आग्रहलाई वेवास्ता गरेको भन्दै जेठ २१ गते बुधबारबाट बजार खुलाउने तयारी गरिएको जनाएको छ । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले पटक–पटक मकवानपुर प्रशासनलाई व्यवस्थित तवरबाट बजार खुलाउने अनुमति माग गरिए पनि कुनै प्रतिक्रिया नआएको भन्दै संघले बाध्य भएर बजार खुलाउने निर्णय गर्नु परेको बताए।

प्रशासन समक्ष आग्रह गरियो तर, प्रशासनले संघीय सरकारकै अनुमती चाहिने भन्दै हामीलाई वेवास्ता गरिरह्यो त्यसैले अब बजार खुल्छ । न्यौपानेले भने व्यवसायीहरुमा बैंक ब्याज, पसलभाडा, कर्मचारी पारिश्रमिक, मौज्दात सामानहरुको म्याद गुज्रिने तथा क्षति हुन सक्ने सम्भावित अवस्थाले मानसिक तनावमा पर्नु परेको वरिष्ठ उपाध्यक्ष न्यौपानेको भनाइ छ।

यी सबै अवस्थालाई अबका दिनमा सहन सक्ने स्थिति नआएको हुँदा सरकारले अनुमति नदिएपनि हामी बजार खुलाउने तयारीमा पुगेका हौं । उपभोक्ताहरुले पनि आवश्यक सुरक्षा सतर्कता अपनाएर किनमेल गर्न आउन संघले अनुरोध गरेको छ।