कोरोनाको उपचार गर्दागर्दै डाक्टरको निधन

काठमाडौं। चीनमा एक चिकित्सको ज्या’न गएको छ। कोरोनाभाइरसको नयाँ तरिकाबाट उपचार गर्न सिकाएका वुहानका चिकित्सक डा.हु वेइफेङको मंगलबार बिहान निधन भएको हो।

गत महिनादेखि इन्टेन्सिभ केयरमा राखेर उपचार गर्दागर्दै निधन भएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। यसअघि वुहान सेन्ट्र अस्पतालका चिकित्सकहरुले कोरोनाका कारण ज्या’न गुमाएका थिए । उनी छैटौं चिकित्सक हुन्।