बाबुरामको सुझाव: कुकुरबाट मान्छेले आफ्नो पुरानो साथीसँग केही सिक्नुपर्ने

काठमाडौं। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कुकुरबाट मान्छेले आफ्नो पुरानो साथीसँग केही सिक्नुपर्ने बताएका छन् । आफ्नो घरमा पालेको कुकुर (पेड्रो) घुमाउदै बाबुरामले सामाजिक सञ्जालमार्फत् यस्तो सुझाव दिएका हुन्।

बाबुरामले कुकुर घुमाउँदै गर्दा अर्को घरको कुकुरसँग मुख जोड्न पुगेको तस्बिर सार्वजनिक गर्दै यस्तो लेखेका हुन् । ‘हाम्रो Pedro छिमेकी मित्रसँग सम्बाद गर्दै’, बाबुरामले लेखेका छन्, ‘मान्छेले पनि आफ्नो सबभन्दा पुरानो साथीबाट सिके कसो होला ?’

बाबुरामको यो पोस्ट्लाई लिएर सामाजिक सञ्जालमा विभिन्न खालका प्रतिक्रिया आएका छन् । उनको यो पोस्टले नेपाल र भारतबीचको सीमा विवादमा सरकारले कुरा गर्न नसकिराखेको अवस्थालाई इंगित गरेको कतिपयको ठहर छ । उनले जुनसुकै सन्दर्भमा कुकुर घुमाएका तस्बिर पोस्ट् गरेका भए पनि यसलाई विभिन्न कोणबाट हेरिएको छ।

कुकुरको भेटलाई छिमेक शब्द उल्लेख लेखेपछि यसलाई विभिन्न ढंगले अर्थ लगाएको देखिन्छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले भने भारतले नेपालका नेतालाई यसरी नै घुमाइरहेको भन्दै टिप्पणी गरेका छन्।