काेराेना नियन्त्रणमा कहाँ चुक्याे सरकार ? राप्रपाले औँल्यायो ८ त्रुटि

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार काेराेना भाइरस राेकथाम तथा नियन्त्तणमा असफल भएकाे निस्कर्ष निकालेकाे छ। मुलुकमा काेराेना संक्रमितकाे संख्या २ हजार नाघेका बेला राप्रपाले मंगलबार विज्ञप्ति जारी गरेर सरकारले काेराेना नियन्त्तणका लागि अपनाएकाे लकडाउनकाे बाटाे ठीक भएपनि अन्य कार्ययाेजना र व्यवस्थापन पक्षलाई उपेक्षा गरेकाे आ’राेप लगाएकाे छ।

राप्रपाका अध्यक्ष त्रय पशुपति शमसेर जबरा, प्रकाशचन्द्र लाेहनी र कमल थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा सरकारले लकडाउने उपयाेग गरेर काेराेना राेकथामका लागि औषधिकाे आपूर्ति, भण्डारण र व्यवस्थापनमा लापरवाही गरेकाे भनिएकाे छ भने औ’ष’धि खरिदमा भएकाे भ्र’ष्टाचा’र छाेप्ने प्रयासले जनतालाई निरा’श बनाएकाे उल्लेख छ।