कलको पानीले नुहाएपछि कपाल सबै खुइलियो, वरिपरिका मानिस सबै अचिम्मत

एजेन्सी। हाम्रो जीवन बचाउँन पानीको निकै महत्वपुर्ण भुमिका छ। पानी बिना हामि बाच्ने कल्पना पनि गर्न सक्दैनौ। तर कहीलेकाही पानी पनि दु’ख बनेर आएको हुन्छ । यस्तै भारतको एक स्थानमा रहेका परिवारमा पनि पानी दुख बनेको छ।

नाथपट्टी गाउँमा एक परिवारले नुहाए तर केही छिनमा नै सबैको कपाल झर्यो । परिवारको ३ सदस्यले चापाकलको पानीले नुहाएपछि केहि छिनमा कपाल हातमा टासिएर आयो । यो देख्दा वरीपरिका पनि अचिम्मत भए।

जिल्लाका पदाधिकारीहरुले यस्तो समस्या देखेपछि अचम्म परे। त्यसका कारण पत्ता लाग्न नसकेपछि जिल्लाका पदाधिकारीहरुले चापाकल सिल गरिदिए । यस्तो के कारणले भयो भन्ने केही दिनमा पत्ता लाग्ने बताइएको छ।