१२ वर्षिय सबिनको शव खोलामा फेला, कसले गर्यो हत्या ? यस्तो भन्छिन् उनकी सानि आमा (भिडियो)

बारा। बाराको निजगढ नगरपालिकामा एक बालकको शव फेला परेको छ । गत शनिबार निजगढबाटै सम्पर्क विहीन भएका १२ वर्षिय बालक सोमवार बिहान मृत अवस्थामा फेला परेका हुन् ।

निजगढ नगरपालिका वडा नं.१२ कुलिया घर भई हाल वडा नं.८ खयरघारीमा डेरा गरि बस्दै आएका शंकर घिमिरेका छोरा सविन घिमिरे शनिवार दिउँसो करिब २ः३० बजेबाट सम्पर्क बिहीन थिए । साईकल लिएर घरबाट बाहिर निस्केका उनी सम्पर्कमा नआएपछी परिवारले प्रहरीलाई खबर गरेको थियो ।

उनै बालकको शव घरबाट करिब आठ सय मिटर पर रहेको बकैया खोलामा फेला परेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक बिक्रम लामाका अनुसार दिउसो केही स्थानियले उनको शव स्थानीयले देखें पछि प्रहरीलाई खवर गरेका थिए ।

सविनकि सानि आमाका अनुसार यो सामान्य होईन यो हत्या नै हो हामीले न्याय पाउनु पर्छ  भित्री बस्त्रमा मात्रै फेला परेको सबिनको शव आजै पोष्टमार्टमका लागि रौतहटको चन्द्रनिगाहपुर अस्पताल पठाईएको र मृत्युको कारण पोष्टमार्टम पछी मात्रै खुल्ने जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

भिडियो हेर्नुहोस: