आजबाट सबै किसिमका पसल नियमित खोल्ने निर्णय

काठमाडौं । व्यवसायीहरुले आजबाट बिहान ११ बजेसम्म नियमित रुपमा पसल खोल्ने भएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहान ११ बजेसम्म सबै किसिमका पसल खोल्ने निर्णय गरेको हो।

महासंघको बुधबार बसेको बैठकले जेठ २२ गतेदेखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको अध्यक्ष नरेश कटवाद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ । उपत्यका भित्रका सबैखाले मल, सपिङ्ग सेन्टर, विशाल बजार, महावौद्ध लगायतका उपत्यका भित्रका मुख्य व्यापारिक केन्द्रहरु सञ्चालनमा आउने विज्ञप्तिमा उल्लेख छ।

खुलेका पसलमा सरकारले वल प्रयोग गरी बन्द गराएमा भाडा, बैंकको ब्याज, कर तथा कर्मचारीको तलबभत्तासमेत उपलब्ध नगराउने महासंघले निर्णय गरेको छ।